गौतम गौतम /गलकोट एफ. एम.  
विहिवार देखि सामुदायिक रेडियो गलकोट एफ.एम, एफ.एम व्याण्डको १०२ थोप्लो ४ मेघाहर्जसँगै ईन्टरनेट अनलाईन मार्फत संसारभर सुन्न र गलकोटपत्र साप्ताहिक पढ्न सकिने भएको छ ।
ईन्टरनेट अनलाईनमा www.radiogalkotfm.com लगअन गरि रेडियोबाट प्रसारण समाचार तथा कार्यक्रम र गलकोटपत्र साप्ताहिकमा प्रकाशित सामग्री संसारभर सुन्न र पढ्न सकिने रेडियोले जनाएको छ । वेबसाईटमा रेडियोका समाचार तथा महत्वपुर्ण रेकर्डिङ कार्यक्रम पनि राखिने हुँदा जुनसुकै वेलामा डाउनलोड गरेर पढ्न र सुन्न सकिने छ ।
वेबसाईटमा गलकोटपत्र साप्ताहिको प्रत्यक अंक क्रमश राखिने छ। गलकोटपत्र साप्ताहिको आगामी सोमवारको अंक पहिलो पटक राखिने हुँदा सोमवारको अंक पहिलो पटक वेबसाईटमा पढ्न सकिने छ । रेडियो र पत्रिका वेबसाईटमा राखिएपछि विदेशमा रहेका नेपालीहरुले समाचार र कार्यक्रममार्फत स्थानिय तथा राष्टिय गतिविधि थाहा पाउन सक्नेछन् । Radio Galkot

Comments

comments