गलकोट क्षेत्र र आसपसका बिभिन्न गा बि स का सम्पूर्ण स्थानिय समाचार र बिकास निर्माणका गतिबिधी लगायतका सामाग्री प्राप्त गर्नको लागि सधैं सुन्दै गर्नुहोस्, रेडियो गलकोट एफ एम, हटिया, गलकोट !

यसरी संचालन भयो रेडियो ।

समुदायका लागि सामुदायिक रेडियो भन्ने मुल मर्मका साथ गलकोट क्षेत्र र यस आसपासका ग्र्रामिण भेगका जनतालाई सुचनाको पहुँचबाट नजिक राख्नकालागि सहकारी मार्फत सुचना गृहको स्थापना गर्ने ध्येयकासाथ २०६५ सालमा एक भेलाको आयोजना गरी रेडियो स्थापनाकालागि छलफलको सुरुवात गरीयो । कस्मीक गु्रपद्धारा गलकोटको हटियामा रेडियो प्रस्तोता पत्रकारीता र प्राविधिक तालिम समापनको अवसर पारेर खगराज गौतममार्फत अब गलकोट क्षेत्रमा एफ एम रेडियोको आवश्यकता छ । यस तर्फ सबैको ध्यान जनुपर्छ भन्ने प्रस्तावसहित राम थापा अविरल, राज थापा लगायतको छलफलबाट रेडियो संचालनका लागि भेला बोलाउन गलकोट उच्चमाविका प्राचार्य देवेन्द्र खत्रीको संयोजकत्वोमा २०६५ भाद्र ३० गतेका दिन एक भेलाको आयोजना गरी खगराज गौतमद्धारा गलकोटमा रेडियोको आवश्यकता, महत्व र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरी सहकारी मार्फत रेडियो स्थापना गर्ने, रेडियोको नाम रेडियो गलकोट राख्ने र रेडियो गलकोटको हटिया बजारबाट संचालन गर्ने निर्णय गर्दै देवेन्द्र खत्रीको अध्यक्षतामा गलकोट सुचना तथा संचार सहकारी संस्था लि....


अध्यक्षको भनाई

सर्वप्रथम यस संस्थालाई यहाँसम्म ल्याई पु¥याउनु हुन अगाथ सद्भाव , सहयोग र योगदान गर्नुहुने तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने महानुभावहरुलाई सगौरव सम्मान गर्दछु । ऐतिहासिक गोलकोट तथा आसपासका क्षेत्रहरुको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरण गरी समुन्नत नेपाल र नेपालीको परिकल्पना गरी सूचना र संचार प्रविधिलाई ग्रामीण जनसमुदायको पहुँचमा अभिवृद्धि गर्ने उद्देश्यले अभिप्रेरित यस संस्थाले आज विभिन्न आरोह/अवरोह पार गर्दै आइरहेको छ । सहकारीको सिद्धान्त मूल्य र मान्यतालाई आत्मसात् गर्दै भौगोलिक जटिलता र विकटताका बाबजुद उर्जाशिल, उत्साही विशेषत संचारप्रेमीहरुको यत्न प्रयत्नहरु स्वरुप सहकारी ऐन बमोजिम २०६७ बैशाख २६ गते दर्ता भई २०६७ असार ३ गतेबाट बचत तथा ऋण सहकारी कार्यक्रम, २०६७ पुष २२ गते दर्ता भई २०६७ फागुन २ गते पहिलो अंक गलकोटपत्र साप्ताहिक पत्रिका प्रकाशन र २०६८ जेष्ठ ९ गते दर्ता भई ०६८ श्रावण १४ गतेदेखि सामाुदायिक रेडियो गलकोट एफ. एम. १०२.४ मेघाहर्जमा प्रसारण गरी आजको यो संघारमा आईपुगेका छौ ।

सचिब खगराज गौतम द्वारा तयार गरिएको रेडीयोको रणनीति

लक्ष्य गलकोटवासी तथा त्यस वरपरका बासिन्दाको सामाजिक तथा आर्थिक सुधार गर्दै समुन्नत समाजको निर्माण हुनेछ । सामुदायिक रेडियो गलकोट एफ. एम. १०२ चोप्लो ४ मेगाहर्ज बागलुङ जिल्ला अन्र्तगत गलकोट क्षेत्र र त्यस आसपासका जनताको साँस्कृतिक, सामाजिक, आर्थिक, राजनितिक शैक्षिक जागरणका लागि सशक्त सूचनाको माध्यमका रुपमा स्थापना भएको हुनेछ । उद्देश्य
  • रेडियो आफैले स्रोत परिचालन गरी आथिक रुपमा आत्मनिर्भर भएको हुनेछ ।
  • रेडियोले स्थानीय बासिन्दाको सूचना, शिक्षा, र मनोरञ्जनको आवश्यकता र चाहनालाई पूरा गरेको हुनेछ ।
  • रेडियो संचालनका निम्ति आवश्यक जनशक्ति विकास भएको हुनेछ ।
  • लक्ष्य-: रेडियो जनताको साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक शैक्षिक जागरणका लागि सशक्त सूचना माध्यमका रुपमा स्थापना भएको हुनेछ ।


    Board Member


    Staffs Profile